एनआईबिएल एस क्यापिटलकाे सहकार्यमा ‘रोड टु आईपीओ’ कार्यशाला आयोजना

एनआईबिएल एस क्यापिटलकाे सहकार्यमा ‘रोड टु आईपीओ’ कार्यशाला आयोजना



काठमाडाैं । एनआईबिएल एस क्यापिटल लिमिटेड, एक्सप्रेस सर्भिशेश प्राली र पायोनियर ल एसोसिएट्सको सहकार्यमा यहि मे ८, २०२३ सोमबार बिरगञ्ज स्थित क्लार्क रिर्सोटमा ‘रोड टु आईपीओ’ कार्यशाला सम्पन्न भएको छ ।

उक्त कार्यक्रममा प्रायोजकको रूपमा रहेको डाएनामिक टेक्नोसफ्ट प्रालीले आफ्नो व्यानर प्रदर्शनी गरेको थियो । एनआईबिएल एस क्यापिटल लिमिटेड, एक्सप्रेस सर्भिशेश प्रा ली र पायोनियर ल एसोसिएट्सले विरगञ्जको कर्पोरेट हाउसेस, उत्पादन तथा प्रशोधन उद्योग तथा बास्तविक क्षेत्रहरूलाई आईपीओ निष्कासनको प्रक्रियामा चाहिने कानुनी र वित्तीय परामर्शका विषयमा सहजीकरण गराउनको लागी यस्तो कार्यशाला आयोजना गरेको हो ।

कार्यक्रममा पायोनियर ल एसोसिएट्सका म्यानेजिङ पार्टनर अनुपराज उप्रेती र एनआईबिएल एस क्यापिटलका डेपुटी जनरल म्यानेजर सचिन्द्र ढुंगानाको प्रस्तुति रहेको थियो । कार्यक्रमको सफल कार्यान्वयनको लागि CA. सुभास खण्डेलवाल, CA प्रदिप कुशवाहाले सक्रिय भुमिका निर्वाह गरेका थिए।

उक्त कार्यशालाले कानूनी पक्ष, संस्थागत सुशासन, पुँजी संरचना, आईपीओ मूल्य निर्धारण, साइज समयरेखा र विधिहरूमा केन्द्रित रहेको आईपीओ सम्बन्धी ज्वलन्त उदाहरणहरु समेटेको थियो ।