कीभ । युक्रेनले पूर्वी डोनेट्स्क क्षेत्रको बाख्मुट शहरको वरिपरि आफ्नो गुमेको क्षेत्रमा पुनः प्राप्तिका लागि महत्त्वपूर्ण प्रगति गरेको बताएको छ । सो क्षेत्र महिनौंदेखि रुससँग जारी लडाईको केन्द्रबिन्दुको रूपमा रहेको छ ।
“शत्रुले जनशक्तिको ठूलो क्षति बेहोरेको छ । हाम्रा रक्षा बलहरू बखमुत नजिक दुई किलोमिटर (करिब एक माइल) अगाडि बढेका छन् । हामीले यस हप्ता बखमुतमा एउटा पनि स्थान गुमाउनु परेन,” उप रक्षामन्त्री गन्ना मल्यारले सामाजिक सञ्जालमा एक विज्ञप्तिमा उल्लेख गरेका छन् । एजेन्सी


प्रतिक्रिया