ठेकदारलाई कारबाही माग गर्दै स्थानीय आन्दोलनमा

ठेकदारलाई कारबाही माग गर्दै स्थानीय आन्दोलनमा


ग्लोब नेपाल
189
Shares

काठमाडौं । ओखलढुंगामा मिलनचोकदेखि निशङ्ग्खे भन्ज्याङ्गसम्मको सडक निर्माणको दबाब दिन स्थानीयहरु आन्दोलनमा उत्रेका छन् । उनीहरुले सडक निर्माणको जिम्मा लिएको ठेकदारलाई कारबाही गर्नुपर्ने माग गरेका छन् । ठेकदारको लापरबाहीले बर्षौ बितिसक्दा पनि सडक निर्माण अलपत्र पारेको उनीहरुको भनाइ छ ।

अलपत्र सडक बर्षायाममा हिल्लामे र हिउँदमा धुलाम्मे भएर हिडिसक्नु नभएपछि स्थानीयबासी बाध्य भएर आन्दोलनमा उत्रनु परेको हो । आन्दोलनमा वृद्ध महिलालगायत सरोकारवालाले स्थानीय, प्रदेश र केन्द्र सरकारको ध्यानाकर्षण गराउन निर्माण व्यवसायीविरुद्ध चर्का नारा लगाएका थिए ।