खोटाङ बुइपामा बहुराष्ट्रिय कम्पनीको पेय पदार्थ प्रतिबन्ध

खोटाङ बुइपामा बहुराष्ट्रिय कम्पनीको पेय पदार्थ प्रतिबन्ध


ग्लोब नेपाल
1.1k
Shares

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपामा बहुराष्ट्रिय कम्पनी र सिलप्याक रक्सी, बियर प्रतिबन्ध लगाइएको छ । फजुल खर्च र आर्थिक भारबाट बच्न मात्र होइन, घरेलु उत्पादनलाई प्रोत्साहन गर्न सुर्योदय सांस्कृतिक परिवार कुसुङखा टारीले बुइपामा बहुराष्ट्रिय कम्पनीको पेय पदार्थ र सिलप्याक रक्सी प्रतिबन्ध लगाएको हो ।

सूर्योदय सांस्कृतिक परिवारले सम्पूर्ण सदस्य घरधुरीभित्र गरिने कुनै पनि सामाजिक र सांस्कृतिक कार्यमा बहुराष्ट्रिय कम्पनीको उत्पादन र सिल प्याक रक्सी उपयोग गर्न नपाइने नियम बनाएको छ । शुभ विवाह, छेवार, गुन्यु चोली, पास्नी मृत्यु संस्कारलगायत जुनसुकै कार्यमा बहुराष्ट्रिय कम्पनीको उत्पादन सिलप्याक रक्सी, बियर, कोकाकोला, ड्यू, पेप्सी लगायतको कुनै पनि पेय पदार्थ पूर्णरुपमा बन्देज लगाउने निर्णय सर्वसम्मतले पारित गरेको सांस्कृतिक परिवारले उल्लेख गरेको छ । साथै आफ्ना आफन्तलाई कोशेलीको रुपमा यस्तो पेय पदार्थ नल्याउन समेत अनुरोध गरिएको छ ।