भुटानी शरणार्थीका नेता टेकनाथ रिजाल प्रहरी नियन्त्रणमा

भुटानी शरणार्थीका नेता टेकनाथ रिजाल प्रहरी नियन्त्रणमा



काठमाडौं । भुटानी शरणार्थीका नेता टेकनाथ रिजाललाई प्रहरीले नियन्त्रणमा लिएको छ । नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउनेसम्बन्धी ठगी कार्यमा उनकाे समेत मिलेमतो रहेको पत्ता लागेपछि प्रहरीले उनलाई आज सोधपुछका लागि बोलाइको थियो ।

सोही अनुसार जिल्ला प्रहरी परिसर काठमाडौँमा पुगेका रिजाललाई प्रहरीले नियन्त्रणमा लिएको उपत्यका प्रहरी कार्यालयका एआईजी श्याम ज्ञवालीले पुष्टि गरे । यसअघि भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका मोरङका सागर राईले रिजाललाई समेत मुछेका थिए । उनले बयानका क्रममा रिजाललाई ७ लाख रुपैयाँ दिएको दाबी गरेका थिए ।