यी हुन् नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १६ आरोपित

यी हुन् नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १६ आरोपित



काठमाडौं । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाई विदेश पठाइदिने भन्दै रकम असुल गरी ठगी गरेको उजुरीपछि प्रकरणमा हालसम्म १६ जना पक्राउ परिसकेका छन् । पक्राउ पर्नेमा तत्कालीन उप्रधानमन्त्रीदेखि बहालवाला सचिव समेत छन् ।

प्रकरणमा पक्राउ पुर्जी जारी भइसकेका तत्कालीन गृहमन्त्री रामबहादुर थापा ‘बादल’का छोरा प्रतीक भने फरार छन् ।

पक्राउ परेकाहरूलाई हिरासतमा राखेर प्रहरीले अनुसन्धान गरिरहेको छ ।

आरोपितमाथि प्रहरीले अनुसन्धान गरी त्यसको प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाउनेछ । त्यसपछि सरकारी वकिलको कार्यालयले प्रहरीको प्रतिवेदन अध्ययन गरी प्रक्रिया अगाडि बढाउनेछ ।

पक्राउ परेका १६ आरोपितको नामावली :

१. टोपबहादुर रायमाझी (तत्कालीन उपप्रधानमन्त्री)
२. बालकृष्ण खाँण (पूर्वगृहमन्त्री)
३. टेकनारायण पाण्डे (बहालवाला सचिव- तत्कालीन गृहसचिव)
४. इन्द्रजित राई (तत्कालीन गृहमन्त्री बादलका सुरक्षा सल्लाहकार)
५. आङटावा शेर्पा (तत्कालीन सभासद)
६. शमशेर मियाँ (नेपाल हज समितिका अध्यक्ष)
७. टेकनाथ रिजाल (भुटानी शरणार्थी नेता)
८. सन्दीप रायमाझी (तत्कालीन उपप्रधानमन्त्री टोपबहादुर रायमाझीका छोरा)
९. नरेन्द्र केसी (पूर्वगृहमन्त्री बालकृष्ण खाँणका पीए)
१०. गोविन्द चौधरी (बिचौलिया)
११. रामशरण केसी (बिचौलिया)
१२. केशव दुलाल – बिचौलिया (तत्कालीन उपप्रधानमन्त्री सुजाता कोइरालाका पीए)
१३. टंक गुरुङ (बिचौलिया)
१४. सानु भण्डारी (बिचौलिया)
१५. सन्देश शर्मा पोखरेल (बिचौलिया)
१६. सागर थुलुङ (बिचौलिया)