तीनै तहको सरकारबीचको समन्वयमा सामूहिक खेतीलाई प्रोत्साहन गर्ने

तीनै तहको सरकारबीचको समन्वयमा सामूहिक खेतीलाई प्रोत्साहन गर्ने



काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले तीनै तहको सरकारबीचको समन्वयमा सामूहिक तथा करार खेतीलाई प्रोत्साहन गर्ने बताएका छन् ।

आर्थिक वर्ष २०८०/८१ का लागि सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति पौडेलले कृषिको उत्पादन बढाइ आत्मानिर्भरता हासिल गर्न सामूहिक तथा करार खेतीलाई प्रोत्साहन गर्ने बताएका हुन् ।

कृषकले उत्पादन गरेको वस्तुको बजारीकरण साथै एकीकृत राष्ट्रियसम्बन्धी कानुन र कृषि अनुसन्धान निति तर्जुमा गरिने बताए । त्यस्तै, गुणस्तरीय बीउबिजनमा देशलाई आत्मानिर्भर बनाइने उनले बताए ।