भारतको हरियाणाकाे साइबर सिटी गुरुग्राम शहरमा प्रेमीद्वारा मोडलको गोली हानी हत्याको प्रयास गरिएको छ । भारतीय सञ्चार माध्यमहरुका अनुसार शाइना नाम गरेकी माेडललाई उनकाे धीरज नाम गरेका प्रेमीले गोली हानेको खुलासा भएको हाे ।
गोली लागेर अस्पताल भर्ना भएकी शाइना को अवस्था अझै नाजुक छ । चिकित्सकले उनलाई भाइब्रन्ट अस्पतालमा भेन्टिलेटरमा राखेर उपचार गरिरहेका छन् । यसैबीच धीरजले नै गोली हानेर उनलाई बेहोसी अवस्थामा अस्पताल पुर्याएको बताइएको छ । दिल्ली प्रहरीले धीरजको खोजी गरिरहेको छ ।
घटनाबारे जानकारी पाएपछि शाइनाका आमाबुवा अस्पताल पुगेका थिए । अस्पतालमा १२ घण्टाको शल्यक्रियापछि शाइनाको पेटबाट गोली निकालिएको थियो । शाइना बेहोस अवस्थामा रहेको कारण अहिलेसम्म प्रहरीलाई घटनाबारे बयान दिन भने सकेकी छैनन् । प्रहरीले अस्पतालको सीसीटीभी फुटेजलाई भने नियन्त्रणमा लिएको छ ।
प्रतिक्रिया