पूर्वराष्ट्रपति ओबामासहित ५०० अमेरिकीलाई रुसले लगायो प्रतिबन्ध

पूर्वराष्ट्रपति ओबामासहित ५०० अमेरिकीलाई रुसले लगायो प्रतिबन्ध


ग्लोब नेपाल
54
Shares

वासिङटन डिसी । अमेरिकाले आफूमाथि लादेको नाकाबन्दीको प्रतिकार गर्दै रुसले पूर्वअमेरिकी राष्ट्रपति बाराक ओबामासहित पाँच सय जना उच्च पदस्थ अमेरिकी नागरिकमाथि प्रतिबन्ध लगाएको छ ।

रुसी विदेशमन्त्रालयले पूर्वराजदूत जन हन्टस्म्यान, सिनेटरहरूका साथै प्रख्यात टेलिभिजन कार्यक्रम प्रस्तोता जिम्मी किम्मेल, कोलवर्ट, सेथ मेइर्सलगात अमेरिकी नागरिकलाई रुस प्रवेशमा निषेध गरेको केबल न्युज नेटवर्क (सिएनएन)ले जनाएको छ । ‘वासिङ्टनका दुर्भावनापूर्ण हरेक कदमको जवाफ मस्कोले दिनेछ, यो कुरा उसलाई ज्ञात होस्’, रुसी विदेश मन्त्रालयले अमेरिकी नागरिकमाथि लगाएको प्रतिबन्धमा भनेको छ ।