नक्कली शरणार्थी प्रकरण : पक्राउ परेका १६ सहित बाँकी फरार रहेकाविरुद्ध पनि मुद्दा चलाउने तयारी

नक्कली शरणार्थी प्रकरण : पक्राउ परेका १६ सहित बाँकी फरार रहेकाविरुद्ध पनि मुद्दा चलाउने तयारी

अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा आज बुझाउँदै


ग्लोब नेपाल
108
Shares

काठमाडौं । नेपाल प्रहरीले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा आज बुझाउने तयारी गरेकाे छ । प्रहरी स्राेतकाअनुसार पक्राउ परेका १६ सहित बाँकी फरार रहेकाविरुद्ध पनि मुद्दा चलाउने तयारी छ । यो प्रकरणमा पक्राउ परेका र फरार सबैलाई राज्यविरुद्धको अपराधसहित संगठित अपराध र ठगीमा मुद्दा चलाइने भएको हाे ।

याे प्रकरणमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँण, सचिव टेकनारायण पाण्डे, पूर्वगृहमन्त्री रामबहादुर थापाका सल्लाहकार इन्द्रजित राई, शमशेर मियाँ, टेकनाथ रिजाल, आङटावा शेर्पा, नरेन्द्र केसी, सन्दीप रायमाझी, केशव दुलाल, सानु भण्डारी, सन्देश शर्मा, सागर राई, टंक गुरुङ, गोविन्द चौधरी र रामशरण केसी पक्राउ परेका छन् भने १६ जना फरारको सूचीमा रहेका छन् ।

रामबहादुर थापाका छोरा प्रतीक थापा, राईका छोरा नीरज, केशव तुलाधर, अशोक पोख्रेल, लक्ष्मी महर्जन, धीरेन राई, मोहन राई, दीपा हुमागाइँ, सुनील बुढाथोकी, विनिता लिम्बू, निरन्जन खरेल, राजेश अर्याल, हरिभक्त महर्जन, आशीष बुढाथोकी र रमा थापाविरुद्ध पनि मुद्दा चलाउने तयारी गरिएको बुझिएकाे छ ।