बझाङ हिमपहिरोमा परेर ३ जना बेपत्ता

बझाङ हिमपहिरोमा परेर ३ जना बेपत्ता



धनगढी । बझाङमा हिमपहिरोमा ३ जना बेपत्ता भएका छन्, दुई जना घाइते छन् ।

आइतबार बिहान सुर्मा गाउँपालिका–२ को धानशेरा भन्ने ठाउँमा हिमपहिरो जाँदा तीन जना बेपत्ता र दुई जना घाइते भएको खबर आएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख प्रहरी नायब उपरीक्षक(डीएसपी) जागेश्वर भण्डारीले बताए ।

अहिले घटनास्थलतर्फ प्रहरी टोली गएको र निकै टाढा भएकाले टोली पुग्न समय लाग्ने उनको भनाइ छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक जनक ढुंगानाको नेतृत्वमा र सशस्त्र प्रहरी बलका प्रहरी नायब निरीक्षक नेतृत्वको टोली घटनास्थलतर्फ गएको छ ।

हिमपहिरोमा परेर घाइते भएका र बेपत्ता हुनेको परिचय भने खुलेको छैन । उनीहरु यार्सागुम्बा संकलन गर्न त्यहाँ पुगेको जानकारी आएको प्रहरीले जनाएको छ ।