आङटावा शेर्पाविरुद्ध प्रहरीमा ५ वटा जाहेरी

आङटावा शेर्पाविरुद्ध प्रहरीमा ५ वटा जाहेरी



काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वसभासद आङटावा शेर्पाविरुद्ध ५ जनाले किटानी जाहेरी दिएका छन् ।

दोलखाका ५ जनाले आफूहरुलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिन्छु भनेर शेर्पाले जनही ६/६ लाख रुपैयाँ लिएको पीडितले जाहेरीमा उल्लेख गरेका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार प्रहरीले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान सकेर आइतबार नै सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझाउने तयारी गरेको थियो ।

तर अन्तिम समयमा ५ वटा जाहेरी आएको प्रहरी स्रोतको भनाइ छ । शेर्पाविरुद्ध दोलखा, रामेछाप र ओखलढुंगाका व्यक्तिहरुलाई अमेरिका पठाइदिने भन्दै रकम लिएको आरोप छ ।

आफूविरुद्ध पक्राउ पुर्जी जारी भएपछि आङटावा १ जेठमा प्रहरी कार्यालय आफैं पुगेका थिए । त्यसयता उनी हिरासतमै छन् ।