गौतम बुद्धको जिवनीमा आधारित ‘सोन्-एट्-लुमेरे’ परियोजनाको घोषणा

गौतम बुद्धको जिवनीमा आधारित ‘सोन्-एट्-लुमेरे’ परियोजनाको घोषणा



काठमाडौं । साउथ एसिया फाउन्डेसन, साउथ एसिया फाउन्डेसन-नेपाल र लुम्बिनी विकास कोषको सहकार्य र संयुक्त प्रयासमा नेपालमै पहिलो, गौतम बुद्धको जिवनीमा आधारित ‘सोन्-एट्-लुमेरे’ परियोजनाको घोषणा गरिएको छ ।

लुम्बिनीको प्राचिन सांस्कृतिक सम्पदा र धरोहर लाइ संरक्षण र प्रवर्धन गर्ने साझा लक्ष्य लिइएको यो परियोजनाको समुद्घाटन नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रि माननीय सुदन किराँतीले गरेका हुन् ।

पूर्व प्रधानमन्त्री माधव कुमार नेपालको प्रमुख आतिथ्यमा सम्पन्न समुद्घाटन कार्यक्रममा बिभिन्न विज्ञहरुले मानव जीवनमा बुद्ध उपदेशको महत्वका बारेमा प्रकाश पारेका थिए ।

कार्यक्रमका वक्ता श्री पद्म ज्योतिले परियोजनाको सफल कार्यन्वयनमा सरकार संगै स्थानीय निकाय र व्यापारिक प्रतिष्ठानले पनि हातेमालो गर्नु पर्ने आवश्यकता औंल्याए । अन्तराष्ट्रिय जगतमा नेपालको उपस्थिति, अनुसन्धान र विश्व शान्तिको प्रचार-प्रसारमा पनि यो परियोजना लाभदायी हुने उनके भनाई थियो ।

विश्व शान्ति र मानवताका दक्षिण एसियाली दूत गौतम बुद्धको शिक्षा र उपदेश आजको परिवेशमा अझै सान्दर्भिक र महत्वपुर्ण रहेकोमा, यो परियोजनाले बुद्धको जन्म भुमि लुम्बिनी घुम्न आउने तिर्थालु र पर्यट हरुलाई बुद्धको जीवनी र उनको उपदेश रोचक ढङ्गले प्रष्ट संग बुझाउने विश्वास साउथ एसिया फाउन्डेसन र साउथ एसिया फाउन्डेसन(नेपाल को छ ।

सोन्-एट्-लुमेरे‘मा बुद्धको जन्म र जीवनी देखि निर्वाण प्राप्ति सम्मका सबै घटनाहरुलाई समेटिएको छ ।

विश्व स्तरीय प्रविधिमा श्रव्य र दृश्य को संयोजन गरि यो परियोजनाको डिजाइन सुविख्यात भारतीय चलचित्र निर्माता श्याम बेनेगलले गरेका हुन् । यो परियोजनाको सुरुवातले लुम्बिनीलाई विश्व मानचित्रमा अझै स्पष्ट सँग उभ्याउदै, बिशेष गरि लुम्बिनीको र समग्र नेपालकै पर्यटन को विकास हुने विश्वास गरिएको छ।