सुक्खा पहिरोले नारायणगढ-मुग्लिन सडक खण्ड अवरूद्ध

सुक्खा पहिरोले नारायणगढ-मुग्लिन सडक खण्ड अवरूद्ध



चितवन । सुख्खा पहिरो खसेर नारायणगढ-मुग्लिन सडक खण्ड अवरूद्ध भएको छ ।

इच्छाकामना-६ स्थित ३ नम्बर पुलमा दिउँसो साढे २ बजेतिर सुक्खा पहिरो झरेको हो । पहिरोले यातायात अवरूद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी विजयराज पण्डितले जानकारी दिए ।

अहिले सडक विभागसँग समन्वय गरी पहिरो पन्छाउने काम भइरहेको छ ।