जबरजस्ती करणी आरोपमा उपप्राध्यापक पक्राउ

जबरजस्ती करणी आरोपमा उपप्राध्यापक पक्राउ


ग्लोब नेपाल
108
Shares

दाङ । लमही नगरपालिका वडा नं. ५ रातोडाँडा निवासी शेषमणी गौतमलाई जवरजस्ती करणी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । आइतबार दिउँसो आफ्नै घरमा एक किशोरीलाई करणी गरेको आरोपमा प्रहरीले गौतमलाइ नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी राजन गौतमले जानकारी दिए ।

किशोरीको जाहेरीका आधारमा घरबाटै नियन्त्रणमा लिइएको डिएसपी गौतमले जानकारी दिए । वडा प्रहरी कार्यालयको हिरासतमा राखेर अनुसन्धान अघि बढेको छ ।

जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरिएको छ । देउखुरी स्थित एक प्राविधिक क्याम्पसमा अध्ययनरत छात्रालाई जागिर लगाइदिने प्रलोभनमा पारेर करणी गरेको उजुरीका आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । गौतम देउखुरी बहुमुखी क्याम्पसको उपप्रध्यापक र पूर्व क्याम्पस प्रमुखको पदीय जिम्मेवारीमा रहेको बताइएको छ ।