युक्रेनी सशस्त्र समूह रुसी गाउँमा प्रवेश

युक्रेनी सशस्त्र समूह रुसी गाउँमा प्रवेश


ग्लोब नेपाल
54
Shares

युक्रेनको सशस्त्र समूह रुसको बेल्गोरोड क्षेत्रमा प्रवेश गरेपछि भिडन्त भएको छ । युक्रेनको भिएसयु सशस्त्र समूह बेल्गोरोड क्षेत्रका गाउँमा प्रवेश गरको हो । युक्रेनी समूहलाई क्रेमलिन विरोधी लिबर्टी अफ रसिया लिजन नामको रुसी मिलिसिया समूहले सघाएको बताइएको छ ।

रुसी मिलिसिया समुह युक्रेनी सेनाको तर्फबाट लडिरहेको छ । बेल्गोरोड क्षेत्रका गभर्नर ग्लाडकोभका अनुसार रुसको एक गाउँमा युक्रेनी सेनाले गोलीबारी गर्दा दुई जना र गे्रभोरोन शहरमा गोली लागि २ जना तथा बेल्गोरोडमा ४ जना सहित आठ जना घाइते भएका छन् ।

युक्रेनको सशस्त्र समुह बेल्गोरोडो दक्षिणी सीमा स्थित चेकप्वाइन्टमा बाहनहरु सहित तैनाथ भएको दृश्य सामाजिक सञ्जालमा सार्वजनिक भएको छ । उता रुसी राष्ट्रपति भ्लादिमीर पुटिनका प्रवक्ता दिमित्री पेस्कोभले भने रुसी क्षेत्रमा प्रवेश गरेका मिलिसिया समूहलाई हटाउने प्रयास भइरहेको बताएका छन् ।

बाख्मत शहर गुमाउनु परेपछि बदला लिन युक्रेनी सशस्त्र समूह रुसी सिमाभित्र प्रवेश गरेको हुनसक्ने अनुमान गरिएको छ ।