मधेश प्रदेशमा नवनियुक्त मन्त्रीहरुले लिए शपथ

मधेश प्रदेशमा नवनियुक्त मन्त्रीहरुले लिए शपथ



जनकपुरधाम । मधेश प्रदेश सरकारमा तीनजना मन्त्री थपिएका छन् । मुख्यमन्त्री सरोज यादवले नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीलाई सरकारमा सहभागी गराउँदै मन्त्रिपरिषद विस्तार गरेका हुन् ।

उनले कृष्ण प्रसाद यादवलाई भौतिक पूर्वाधार विकास मन्त्री, गोविन्द बहादुर न्यौपानेलाई भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री र विरेन्द्र प्रसाद सिंहलाई स्वास्थ्य मन्त्रीको जिम्मेवारी दिएका छन् । नवनियुक्त मन्त्रीहरुले आजै मधेश भवनमा शपथ ग्रहण पनि गरेका छन् ।

यादव र सिंह नेपाली कांग्रेसबाट मन्त्री भएका हुन् भने न्यौपाने एकीकृत समाजवादीबाट मन्त्री भएका हुन् ।

मुख्यमन्त्री यादवले जनमत पार्टीलाई दिएको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय खोसेर एकीकृत समाजवादीलाई दिएका हुन् । जनमत पार्टीबाट बसन्त कुशवाह मन्त्री थिए । मुख्यमन्त्रीले मन्त्रालयले खोसेपछि जनमत पार्टीले सरकारबाट बाहिरिने तयारी गरेको छ । अहिले जनमत पार्टीको बैठक बसिरहेको छ ।

यता, कांग्रेस र एकीकृत समाजवादीलाई छलफलबिना नै मन्त्री बनाएको भन्दै नेकपा माओवादी केन्द्र भने सरकारबाट बाहिरिएकाे छ ।