बुधबारका लागि संघीय संसदको संयुक्त बैठक आह्वान

बुधबारका लागि संघीय संसदको संयुक्त बैठक आह्वान



काठमाडौं । बुधबारका लागि संघीय संसदको संयुक्त बैठक आह्वान भएको छ । संघीय संसद सचिवालयका महासचिव भरतराज गौत्तमले सूचना निकालेर संघीय संसदको संयुक्त बैठक आह्वान भएको जानकारी दिए ।

सूचना अनुसार बुधबार दिउँसो ४ बजे संयुक्त बैठक बोलाइएको छ । जहाँ संयुक्त समिति (कार्य सञ्चालन) नियमावली मस्यौदा समितिको प्रतिवेदन पेश गर्नका लागि बैठक बोलाइएको उल्लेख छ ।

सोही अनुसार सम्भावित कार्यसूची समेत संसद सचिवालयले तय गरेको छ ।