कोशी प्रदेशको बजेट अधिवेशन आह्वान

कोशी प्रदेशको बजेट अधिवेशन आह्वान



विराटनगर । कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले प्रदेशसभाको दोस्रो तथा बजेट अधिवेशन आह्वान गरेका छन् ।

सोमबार बसेको प्रदेश सरकार मन्त्रीपरिषद्को बैठकले आउँदो जेठ १४ गते संसद् अधिवेशन आह्वान गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गरेको थियो ।

सोही अनुसार खापुङले १४ गते आइतबार दिउँसो २ बजेका लागि अधिवेशन आह्वान गरेका हुन् । गत पुस १७ गते प्रदेशको नामकरणपछि प्रदेशसभाको बैठक स्थगित गरिएको थियो ।