मर्मत हुन सकेन दोभानको सेतीनदी पुल

मर्मत हुन सकेन दोभानको सेतीनदी पुल


ग्लोब नेपाल
81
Shares

कास्की । पिल्लर भाँचिएको एक वर्ष पुग्न लाग्दासमेत मर्मत नभएपछि पर्यटकीय नगरी पोखराको मर्दी दोभानस्थित सेती नदीमाथिको पुलबाट दैनिक आवातजावतमा समस्या भइरहेको छ ।

सो पुलबाट जोखिम मोलेरै कतिपय मानिसहरु आवातजावत गर्न बाध्य हुनुपरेको छ भने मोटरसाइकलका लागि काठे पुलको साहारा लिनु परेको छ । जुन सुरक्षाका हिसावले अत्यन्तै जोखिमपूर्ण छ । पुलबाट ठूला तथा मझौला सवारी संचालन गर्न सक्ने कुनै सम्भावना नै छैन ।

बढीका कारण गत वर्ष असार ४ गते भाँचिएको उक्त पुलको पूर्वी पिल्लर मर्मतका लागि हालसम्म कुनै पनि निकायले चासो देखाएका छैनन् । त्यसकारण स्थानीयहरुलाई पोखराको मुख्य बजारक्षेत्र लगायत त्यस क्षेत्रमा पर्ने हेमजा, पुरुन्चौर, चुरुङगा, सार्दीखोला, लाहाचोक, घाचोक लगायतका स्थानमा आवातजावतमा समस्या भइरहेको छ ।

पुल संरक्षण गर्नुको साटो बरु उल्टै पुल नजिकैका क्षेत्रमा सेती नदी उत्खनन्‌को कार्य भइरहेको देख्न सकिन्छ । कुल ५० मिटर लामो उक्त पुल मर्मत गर्न नसकेपनि वर्षामा ढल्ल नदिने उद्देश्यका साथ तारजाली गेभिन चिर्न लागिएको पोखरा १९ का वडाध्यक्ष पुपेन्द्र पाण्डेले जानकारी दिए ।