गर्भवतीको मृत्यु भएपछि आफन्तद्वारा सिन्धुली अस्पतालमा तोडफोड

गर्भवतीको मृत्यु भएपछि आफन्तद्वारा सिन्धुली अस्पतालमा तोडफोड


ग्लोब नेपाल
54
Shares

सिन्धुली । गएराती सिन्धुली जिल्ला अस्पताल तोडफोड भएको छ । चितिक्सकको लापरवाहीले गर्भवती महिलाको मृत्यु भएको भन्दै मृतकका आफन्तले अस्पताल तोडफोड गरेका हुन् ।

जिल्लाको कमलामाई नगरपालिका-५ सिलामेकी २९ बर्षिय गर्भवती गंगा गुरुङ श्रेष्ठको उपचारको क्रममा मृत्यु भएपछि स्थानिय आक्रोशित बनेका थिए । डाक्टरले गलत सुइ लगाइदिएर विरामी रेफर गरेका कारण विरामीको बाटोमै मृत्यु भएको आफन्तहरुको आरोप छ ।

विरामीको मृत्यु भएको विषयलाई लिएर आफन्तहरुले मंगलबार साँझदेखिनै अस्पतालमा परिसरमा भिड लागेको थियो । गएराती करिब ८ बजेदेखि विपी राजमार्ग बन्द गर्नुका साथै आक्रोशित भिडले अस्पतालको इमरजेन्सी भवनमा क्षति पुर्‍याएका छन् । यस्तै सामुदायिक आखा अस्पतालको भवनमा समेत क्षति पुर्‍याएका छन् ।

प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले आफन्तसँग छलफल चलिरहदा अस्पताल तोडफोड भएको र राती भएकाले आन्दोलनमा उत्रिएकालाई नियन्त्रणमा लिन नसक्दा क्षति भएको बताइन ।

भिड नियन्त्रण गर्न खटिएका केही प्रहरी समेत सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । आक्रोशित भिडले राती अबेरसम्म विपी राजमार्गको शान्तिनगर चोक लक्ष्मण चोक लगायतका स्थानमा आफन्तले टायर बालेर राजमार्गनै अवरोध गरेका थिए ।