आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको सिईओमा युगेशभक्त बादे नियुक्त

आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको सिईओमा युगेशभक्त बादे नियुक्त



काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिईओ) पदमा युगेशभक्त बादे श्रेष्ठ नियुक्त भएका छन् ।

निजको नियुक्तिको लागि कम्पनीको संचालक समितिको बैशाख २७, २०८० को बैठकले नियुक्ति सिफारिस गरी स्वीकृतिको लागि नेपाल बीमा प्राधिकरणमा पेश गरेकोमा कम्पनीको नियमनकारी निकाय नेपाल बीमा प्राधिकरणबाट जेठ ०५ को पत्र मार्फत स्वीकृति प्राप्त भई कम्पनीको जेठ ०९ मा बसेको संचालक समितिको बैठकले निर्णय गरेको हो ।

कम्पनीका अध्यक्ष हेमराज ढकालबाट युगेशभक्त बादे श्रेष्ठले शपथ ग्रहण गरेका हुन् ।

उक्त अवसरमा कम्पनीको संचालक समिति तथा व्यवस्थापनबाट युगेशभक्त बादे श्रेष्ठलाई सफल कार्यकालको शुभकामना व्यक्त गरिएको थियो ।