३० जनाविरुद्ध चार अभियोगमा मुद्दा दायर

३० जनाविरुद्ध चार अभियोगमा मुद्दा दायर



काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकारी वकिलले ३० जनाविरुद्ध चार अभियोगमा मुद्दा दायर गरेका छन् । ठगी, सरकारी लिखत किर्ते, राज्यविरुद्ध र संगठित अपराध कसुरमा मुद्दा दायर गरिएको अभियोगपत्रमा उल्लेख छ ।

बुधबार सरकारी वकिलको कार्यालयले २८ करोड ८१ लाख ७४ हजार ठगी पुष्टि भएको दाबी गरेर जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।

गजेन्द्र बुढाथोकीसहित नेपाल सरकार वादी भएको मुद्दामा केशव दुलाल, सागर राई, सन्देश शर्मा, टंक कुमार गुरुङ र इन्द्रजित राईलाई प्रतिवादी बनाइएको छ ।

यसैगरी टोपबहादुर रायमाझी, सन्दीप रायमाझी, नरेन्द्र केसी, गोविन्द कुमार चौधरी, बालकृष्ण खाँण, आङटावा शेर्पा, शमशेर मिया, टेकनाथ रिजाललाई प्रतिवादी बनाइएको छ । उनीहरु सबै प्रहरीको हिरासतमै रहेका छन् । यस्तै फरार रहेकाहरु लक्ष्मी महर्जन, अशोक पोखरेल, दिपा हुमागाञी, निरज राई, राजेश अर्याल, मोहनराज राई, आशिष बुढाथोकी, बिनिता सावदेन लिम्बु, निरञ्जन कुमार खरेल, सुनिल बुढाथोकी र प्रतिक थापा रहेका छन् ।