काठमाडौं । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाउने प्रपञ्चमा सिंहदरबारदेखि मन्त्री क्वार्टर र प्रधानमन्त्री निवास बालुवाटारसम्म पुगेर पैसा बुझाएको दाबी मुख्य आरोपीहरूले गरेका छन् ।
काठमाडौं जिल्ला सरकारी वकिलको कार्यालयले नेपाल प्रहरीले अनुसन्धान गरेर बुझाएको अनुसन्धान प्रतिवेदन आधारमा जिल्ला अदालत काठमाडौंमा ३० जनालाई आरोपी बनाउँदै २२४ पृष्ठ लामो अभियोग पत्र दायर गरेको छ ।
ठगी, सरकारी लिखत किर्ते, राज्यविरुद्ध र संगठित अपराध कसुरमा मुद्दा दायर गरिएको अभियोगपत्रमा उल्लेख छ ।
बुधबार सरकारी वकिलको कार्यालयले २८ करोड ८१ लाख ७४ हजार ठगी पुष्टि भएको दाबी गरेर जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो । सोही बराबरको क्षतिपूर्ति माग गरिएको छ ।
अभियोगको पूर्ण पाठ :
प्रतिक्रिया