बाटो खाली नगराइकन राष्ट्रपति पौडेल भोटो जात्रामा सहभागी

बाटो खाली नगराइकन राष्ट्रपति पौडेल भोटो जात्रामा सहभागी



काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल भोटो जात्रा अवलोकनको लागि ललितपुरको जावालखेल पुगेका छन् । यसअघि राष्ट्रपतिको सवारीको बेला बाटो खाली गराएर सवारी हुने गरेकोमा आज भने राष्ट्रपति पौडेल बाटो खाली नगराइकन जावलाखेल पुगेका हुन् ।

राष्ट्रपतिमा नियुक्त हुनेबित्तिकै उनले आफ्नो सवारीको बेला नागरिकलाई दु:ख नदिन निर्देशन दिएका थिए । सरकारले पनि सवारी व्यवस्थापन सम्बन्धी निर्देशिका संशोधन गर्ने बताएको थियो । काठमाडौं उपत्यकाकै सबैभन्दा लामो र ऐतिहासिक जात्रा रातो मच्छिन्द्रनाथको भोटो देखाउने कार्यक्रम अहिले भइरहेको छ ।