नक्कली भुटानी शरणार्थी प्रकरण : प्रतिवादीको अदालतमा बयान सुरु

नक्कली भुटानी शरणार्थी प्रकरण : प्रतिवादीको अदालतमा बयान सुरु



काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणका प्रतिवादीहरुको बयान सुरु भएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा प्रतिवादीको बयान सुरु भएको हो । 

नक्कली भुटानी शरणार्थी प्रकरणमा गत बुधबार ३० जनाविरुद्ध विभिन्न आरोपमा मुद्दा दायर गरिएको हो । प्रतिवादीमध्ये १६ जना पक्राउ परेका छन् । उनीहरुको बयान शुक्रबारबाट काठमाडौं जिल्ला अदालतमा सुरु भएको हो । 

पूर्वउपप्रधानमन्त्री एवम् नेकपा एमालेका नेता टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री एवम् नेपाली कांग्रेसका बालकृष्ण खाण, उपराष्ट्रपति कार्यालयका बहालवाला सचिव टेकनारायण पाण्डे, पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा विज्ञ इन्द्रजित राईलगायत उच्च पदस्थहरू जोडिएको मुद्दामा अमेरिका पठाइदिने भन्दै झन्डै २९ करोड रुपैयाँ उठाइएको आरोप छ ।

यस प्रकरणमा अझै १४ जना भने फरार छन् । उनीहरूविरुद्ध ठगी, सरकारी लिखत किर्ते, राष्ट्रिय हितविरुद्धको अपराध, सङ्गठित अपराध र एकीकृत कसुरमा मुद्दा दायर भएको छ ।