युनाईटेड अजोड  इन्स्योरेन्सको आजदेखि कारोबार सुरु

युनाईटेड अजोड  इन्स्योरेन्सको आजदेखि कारोबार सुरु



काठमाडौं । अजोड इन्स्योरेन्स र युनाईटेड इन्स्योरेन्सकाे आइतबारदेखि एकीकृत कारोबार सुरु भएकाे छ । यी दुवै कम्पनी एक आपसमा गाभिएर युनाईटेड अजोड  इन्स्योरेन्सको नामबाट एकीकृत कारोबार थालनी गरेका हुन् । 

अजोड र युनाइटेडबीच गत पुस २७ गते मर्जर सहमति भएको थियो । प्रभुसँग मर्जर सहमती भाँडीएपछि अजोडले युनाइटेडसँग नयाँ मर्जर सहमति गरेको थियो । नेपाल बीमा प्राधिकरणले यी दुई कम्पनीलाई मर्जरमा जान अन्तिम स्वीकृत दिएपछि एकीकृत काराेबार सुरु गरेका हुन् ।  

युनाईटेड अजोड  इन्स्योरेन्सको चुक्ता पुँजी २ अर्ब ७ करोड ९५ लाख रुपैयाँ पुग्नेछ । युनाईटेडको चुक्ता पुँजी १ अर्ब ७ करोड ९५ लाख रुपैयाँ र अजोडको १ अर्ब रुपैयाँ रहेको थियाे  ।