सगरमाथा चुचुरोमा कांग्रेसको झण्डा

सगरमाथा चुचुरोमा कांग्रेसको झण्डा


ग्लोब नेपाल
270
Shares

काठमाडौं । ओखलढुंगाका ग्याल्जेन शेर्पाले नेपाली कांग्रेसको चारतारे झण्डा सगरमाथा चुचुरोमा फहराएका छन् ।

खिजिदेम्वा–९, ओखलढुंगाका आरोही शेर्पाले राष्ट्रिय झण्डा र नेपाली कांग्रेसको चुनाव चिन्ह रुख अंकित झण्डा पनि फहराएका हुन् ।

ओखलढुंगा कांग्रेसले गत चैत ११ गते आरोही शेर्पालाई कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माको हातबाट झण्डा हस्तान्तरण गर्दै शुभकामना दिएको थियो ।

उनले यही जेठ १० गते विहान ६ः३६ बजे सगरमाथाको सफल आरोहण गर्दै राष्ट्रिय झण्डासँगै कांग्रेसको झण्डा फहराएका हुन् । आरोही शेर्पासहितको टोली केही दिनपछि काठमाडौं आइपुग्ने बताइएकाे छ ।