वीर अस्पतालको बर्न युनिटलाई सुविधा सम्पन्न सेन्टर बनाइने

वीर अस्पतालको बर्न युनिटलाई सुविधा सम्पन्न सेन्टर बनाइने


ग्लोब नेपाल
270
Shares

काठमाडौं । सरकारले वीर अस्पतालको बर्न युनिटलाई सुविधा सम्पन्न सेन्टर बनाउने भएको छ । 

सोमबार बसेको संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको राजश्व र व्ययको वार्षिक अनुमान प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले वीर अस्पतालको बर्न युनिटलाई सुविधा सम्पन्न बनाएर सेन्टरको रुपमा रुपान्तरण गर्ने जानकारी दिए । 

यसका लागि आवश्यक बजेट विनियोजन गरिएको उनले बताए । 

क्षयरोगी पहिचान गर्न १ अर्ब १५ करोड विनियोजन

सरकारले क्षयरोगी पहिचान गर्न र निःशुल्क औषधि उपलब्ध गराउन बजेट विनियोजन गरेको छ । 

अर्थमन्त्री महतले क्षयरोगी पहिचान गर्न र निःशुल्क औषधि उपलब्ध गराउन १ अर्ब १५ करोड विनियोजन गरेको जानकारी दिए । क्षयरोगमुक्त नेपाल अभियानअन्तर्गत क्षयरोगीको पहिचना गरिने उनले जानकारी दिए ।