‘बल्ल सांसदहरु वडा अध्यक्षको लेबलमा आउनुभयो’

‘बल्ल सांसदहरु वडा अध्यक्षको लेबलमा आउनुभयो’


ग्लोब नेपाल
459
Shares

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले सांसद विकास कोष ब्युँताएपछि सांसदहरू वडाध्यक्षको तहमा आएको टिप्पणी गरेका छन्। अर्थमन्त्री प्रकाशशरण महतले सोमबार बजेट वक्तव्यका क्रममा संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रमका लागि ५ करोड विनियोजन गरेको बताएका थिए।

मंगलबार सामाजिक सञ्जालमार्फत उनले भनेका छन्, ‘सांसद विकास कोष पाउनु भएपछि बल्ल सांसदहरू वडा अध्यक्षको लेबलमा आउनु भयो,’ ‘वडा अध्यक्षकै काम गर्न मन भए किन सांसद बन्नु हुन्छ माननीयज्यूहरू।’सांसद विकास कोषको लागि ८ अर्ब २५ करोड रुपैयाँ विनियोजन गरिएको महतले बताएका थिए।