हतियारधारी समूहले लुटे महोत्तरीकाे एनएमबि बैंक

हतियारधारी समूहले लुटे महोत्तरीकाे एनएमबि बैंक



महोत्तरी । महोत्तरीमा एनएमबि बैंकबाट रकम लुटपाट भएको छ । हतियारधारी समूहले महोत्तरी गाउँपालिकास्थित एनएमबि बैंकको शाखाबाट रकम लुटपाट गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जानकारी दिएको छ ।

सोमबार मध्याह्न साढे १२ बजेतिर ४ जनाको लुटेरा समूहले कर्मचारीलाई पेस्तोल देखाएर करिब ३५ लाख लुटेका हुन् ।

उनले लुटिएको रकममा २/३ लाख तलमाथि हुनसक्ने बैंकले जनाएको छ । उनीहरू मास्क लगाएर बैंकमा प्रवेश गरेको पनि बैंकले जनाएको छ । बैंक लुटेपछि उनीहरू मोटरसाइकलमा भागेका थिए । प्रहरीले अहिले विभिन्न ठाउँमा सर्च अभियान जारी राखेको प्रहरीले जानकारी दिएकाे छ ।