कोशी प्रदेश सरकारबाट बाहिरियो जसपा, समर्थन पनि फिर्ता

कोशी प्रदेश सरकारबाट बाहिरियो जसपा, समर्थन पनि फिर्ता



विराटनगर । जनता समाजवादी पार्टी (जसपा) कोशी प्रदेश सरकारबाट बाहिरिएकाे छ । उसले सरकारलाई दिएकाे समर्थन पनि फिर्ता लिँदै सरकारबाट बाहिरिएकाे हाे ।

आज प्रदेशकी स्वास्थ्यमन्त्री निर्मला लिम्बुलाई फिर्ता बोलाएको हाे । सरकारलाई दिएको समर्थन फिर्ता लिंदै मन्त्रीलाई फिर्ता बोलाइएको जसपा नेता रकम चेमजोङले जानकारी दिए ।

उनले भने, ‘यो सरकारले निकास दिएन, समस्यामात्र बल्झाउने काम गर्यो । नामकरणमा पनि समस्या ल्यायो, त्यसैले यो सरकारमा बसिरहन आवश्यक छैन भन्ने निष्कर्ष निकालिएको हो ।’