नक्कली भुटानी शरणार्थी प्रकरण : आज चार जनाको बयान लिइयो

नक्कली भुटानी शरणार्थी प्रकरण : आज चार जनाको बयान लिइयो



काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा बुधबार चार जना प्रतिवादीको बयान लिइएको छ ।

बुधबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा प्रतिवादीहरु गोविन्द चौधरी, सचिव टेकनारायण पाण्डे, मुख्य योजनाकार भनिएका सानु भण्डारी र रामशरण केसीको बयान लिइएको हो ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रतिवादीहरुको बयान जेठ १२ गतेदेखि काठमाडौं जिल्ला अदालतमा लिन थालिएको हो । अहिलेसम्म जम्मा १२ प्रतिवादीको बयान लिइसकिएको छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा ३० जना प्रतिवादी छन् । तीमध्ये १७ जना पक्राउ परिसकेका छन् भने १३ जना फरार छन् ।