युवा वैज्ञानिक रोका बलात्कार आरोपमा पक्राउ

युवा वैज्ञानिक रोका बलात्कार आरोपमा पक्राउ


ग्लोब नेपाल
297
Shares

दाङ । युवा वैज्ञानिक मार्शल रोका बलात्कार आरोपमा पक्राउ परेका छन् । तुलसीपुर उपमहानगरकी एक युवतीले आफूलाई रोकाले बलात्कार गरेको भन्दै जिल्ला प्रहरी कार्यालय दाङमा उजुरी दर्ता गराएको उनलाई पक्राउ गरिएको हो ।

रोकालाई मंगलबार पक्राउ गरिएको दाङ प्रहरी प्रमुख एसपी वीरबहादुर वलीले बताए । पक्राउ परेका रोकालाई आज दाङ जिल्ला अदालतले सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ ।

घोराही- १६ कपासेका रोका युवा वैज्ञानिकका रूपमा परिचित छन् । उनले स्कुले जीवनदेखि नै विभिन्न यन्त्रको आविष्कार गर्दै आएका छन् । उनले पेट्रोलविना खोटोबाट मोटरसाइकल चलाउनेदेखि अटोमेटिक स्यानिटाइजर टनेलको आविष्कारसमेत गरेका छन् ।