एनआईबीएल एस क्यापिटल र सस्तो डिलबिच लगानी सम्झौता

एनआईबीएल एस क्यापिटल र सस्तो डिलबिच लगानी सम्झौता



काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड (साविकको नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड) द्वारा प्रवर्द्धित एनआईबीएल म्युचुअल फण्ड अर्न्तगतका योजनाहरुको योजना व्यवस्थापक तथा डिपोजटरी रहेको एनआईबीएल एस क्यापिटल लिमिटेड र सस्तो डिल प्रा.ली. (Sastodeal Pvt. Ltd.)बिच एनआईबीएल म्युचुअल फण्ड अर्न्तगत सञ्चालित एनआईबीएल सहभागीता फण्डमा “Corporate Payroll SIP” मार्फत उक्त कम्पनीका कर्मचारीहरुले लगानी गर्ने उदेश्यका साथ एक सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

यस योजना अन्तर्गत, सस्तो डिल प्रा. ली. का विभिन्न तहका कर्मचारीहरुले आफुले ईच्छा अनुरुप मासिक रुपमा आफ्नो तलबको केही अंश निरन्तर एनआईबीएल सहभागीता फण्डको व्यवस्थित लगानी योजना (SIP) मार्फत लगानी गर्न सक्नेछन् ।

उक्त सम्झौतामा सस्तो डिलका तर्फबाट कम्पनिकी प्रमुख वित्त अधिकृत सुमित्रा के.सी. र एनआईबीएल एस क्यापिटलका तर्फबाट कम्पनीका नायब महाप्रबन्धक सचिन्द्र ढुंगानाले हस्ताक्षर गरेका छन् ।