सीटीईभीटीका उच्च अधिकारी सवार गाडी सुनकोशीमा खस्यो, ३ जना बेपत्ता

सीटीईभीटीका उच्च अधिकारी सवार गाडी सुनकोशीमा खस्यो, ३ जना बेपत्ता



काठमाडौं । काठमाडौंबाट खोटाङ जाँदै गरेको प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)को जिप सुनकोशीमा खसेको छ । मध्य पहाडी राजमार्ग अन्तर्गत गोलन्जोर गाउँपालिका–७ को लौकुनमा शुक्रबार मध्याह्न भएको दुर्घटनामा गाडीका ड्राइभर झ्यालबाट हाम फालेर बच्न सफल भएको सिन्धुली प्रहरीका एसपी राजकुमार सिलवालले बताए ।

बा १ झ ७४६७ नम्बरको जीपमा सीटीईभीटीका निर्देशकहरु कृष्ण केसी, यमप्रसाद भुर्तेल र प्राविधिक अधिकृत भानु पौडेलसहित ४ जना सवार थिए । उनीहरू काठमाडौंबाट खोटाङ जिल्लाका प्राविधिक शिक्षालयको अनुगमनमा जाँदै गरेको सीटीईभीटीले जनाएको छ ।

नदीमा बेपत्ताहरुको खोजीका लागि जिल्लाबाट प्रहरी टोली पठाइएको प्रहरीले जनाएको छ ।