विद्यालयको शौचालयमा जलिरहेको अवस्थामा भेटिए लेखापाल

विद्यालयको शौचालयमा जलिरहेको अवस्थामा भेटिए लेखापाल


ग्लोब नेपाल
81
Shares

काठमाडौँ । मोरङको सुन्दरहरैचा नगरपालिकाको एक विद्यालयका लेखापाल शौचालयमा जलिरहेको अवस्थामा फेला परेका छन् । सुन्दरहरैँचा नगरपालिका-२ मृगौलियास्थित श्री माध्यमिक विद्यालयका लेखापाल मनिल ढकाल शौचालयमा जलिरहेको अवस्थामा भेटिएका हुन् ।

मृगौलिया घर भएका ४० वर्षीय मनिल ढकाल विद्यालयकै शौचालयभित्र जलिरहेको अवस्थामा शनिबार बिहान ६:५० बजेतिर फेला पारिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख (डीएसपी) रन्जनकुमार दाहालले जानकारी दिए । डीएसपी दाहालका अनुसार ढकाल सोही विद्यालयको लेखापाल हुन् ।

उनी बिहानै विद्यालय जान्छु भनेर घरबाट हिँडेको खुलेको डीएसपी दाहालले बताए ।