अब बिजुली निर्यातको समस्या समाधान हुन्छ : अर्थमन्त्री

अब बिजुली निर्यातको समस्या समाधान हुन्छ : अर्थमन्त्री



काठमाडौं । अर्थमन्त्री डा प्रकाशशरण महतले बिजुली निर्यातको समस्या समाधान हुने बताएका छन् ।

आइतवार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै अर्थमन्त्री महतले भारत भ्रमण भएसँगै अब बिजुली निर्यातको समस्या समाधान हुने बताएका हुन् । उनले बिजुली निर्यातको समस्या नहुनुलाई नेपालले ठूलो उपलब्धिको रूपमा लिनुपर्ने बताए ।

मन्त्री महतले बिजुलीकाे विद्युतको उत्पादन बढाएसँगै आन्तरिक खपत पनि बढाउनुपर्नेमा जोड दिए । उनले बिजुली निर्यात बढाउन सकेमा व्यापार घाटा घट्ने बताए ।

उनले भने, ‘भारत भ्रमणका क्रममा बिजुली निर्यातको समस्या समाधान गर्ने काम अगाडि बढेको छ । हामीले बिजुली उत्पादन गर्न सक्नुपर्‍याे । अब बजारको समस्या हुन्न भन्ने कुरा ठूलाे उपलब्धिजस्तो लाग्छ । गाडीदेखि भान्सामा विद्युतीय उपकरण हुने हाे भने हाम्रो पेट्रोलियम आयात घट्छ । त्यसैगरी बिजुली निर्यात धेरैभन्दा धेरै गर्न सक्याैँ भने व्यापार घाटा घट्छ ।’

मन्त्री महतले भारत भ्रमण अत्यन्त सौर्हादपूर्ण र उपलब्धिमूलक भएको बताए ।