टीकापुरमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु

टीकापुरमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु



धनगढी । कैलालीमा मोटरासाइकलको ठक्करबाट एक जनाएको मृत्यु भएको छ ।

जिल्लाको टीकापुर नगरपालिका–७ मा से ४ प ५८८२ नम्बरको मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको हो । भजनी नगरपालिका–८ सोनाफाँटाका ६० वर्षीय सोमैया चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

शुक्रबार राति ठक्करबाट गम्भीर घाइते भएका उनको भेरी अस्पताल बाँके हुँदै टीकापुर अस्पतालमा थप उपचारको क्रममा शनिबार राति मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।