प्रतिनिधि सभा बैठकमा बजेटमाथि छलफल जारी

प्रतिनिधि सभा बैठकमा बजेटमाथि छलफल जारी



काठमाडौं । प्रतिनिधि सभा बैठकमा बजेटमाथिको छलफल चलिरहेकाे छ । संघीय संसद् भवन नयाँ बानेश्वरमा जारी बैठकमा राजश्व र व्ययको वार्षिक अनुमानमाथि छलफल प्रारम्भ भएको हो ।

सरकारले गत जेठ १५ गते १७ अर्ब ५१ अर्बको बजेट ल्याएको थियो । राजश्व र व्ययको वार्षिक अनुमानमाथि सांसदहरूले बोल्ने क्रम जारी छ ।

कांग्रेसका सांसद ज्ञानेन्द्रबहादुर कार्कीले बजेट धरातलीय यथार्थमा आएको बताएका छन् । उद्योगी, व्यवसायीहरूलाई उत्साहित बनाउने गरी बजेट आएको भन्दै समर्थन व्यक्त गरेका छन् । अहिलेको बजेटले अर्थतन्त्रको समस्या पहिल्याएको उनले बताए ।