यौन दुर्व्यवहार गरेको आरोपमा एकजना पक्राउ

यौन दुर्व्यवहार गरेको आरोपमा एकजना पक्राउ



काठमाडौं । जुम्ला तिला गाउँपालिका–९ रासा २३ वर्षीय  दिनेशकुमार राउत यौन दुर्व्यवहारको आरोपमा पक्राउ परेका छन् । 

सामाजिक सञ्जाल टिकटक मार्फत पीडित महिलासँग साथी बनेर अनलाइन माध्यमद्वारा महिलालाई यौन दुर्व्यवहार  गरेको आरोपमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

पटक–पटक भेट्न बोलाउने र बोलाएको स्थानमा भेट्न नजाँदा फेक आईडीमार्फत अश्लील क्याप्सन राखी, अश्लील भिडियो तथा तस्बिर पोष्ट गरेर आफ्नो चरित्रहत्या गरेको भन्दै पीडित महिलाको उजुरीको आधारमा उनलाई आइतबार भक्तपुरबाट पक्राउ गरिएको हो । 

विद्युतीय कारोबार ऐन २०६३, अपराध अन्तर्गतको कसुरमा काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिएर नेपाल प्रहरीको साइबर ब्यूरोको टोलीले उनलाई पक्राउ गरेर सोमबार सात दिनको म्याद थपेर अनुसन्धान भइरहेको जनाएको छ ।