पाेखराकाे छुट्टाछुट्टै ठाउँमा दुई जनाकाे शव फेला

पाेखराकाे छुट्टाछुट्टै ठाउँमा दुई जनाकाे शव फेला



कास्की । पाेखराकाे दुई छुट्टाछुट्टै ठाउँमा दुई जनाकाे शव फेला परेकाे छ । पोखराको फेवाताल र पोखरा-१४ मा रहेकाे एक नहरमा एक/एक जना मृत फेला परेका प्रहरीले जनाएकाे हाे ।

पाेखरा-११ फूलबारीका ४२ वर्षीय रिखीराम शर्मा पौडेलकाे शव नहरमा फेला परेकाे हाे । फेवातालमा भेटिएकाे शवको भने पहिचान खुल्न बाँकी रहेकाे प्रहरीले जनाएकाे छ ।

दुवै घटनाको अनुसन्धान भइरहेको कास्की प्रहरी प्रवक्ता डीएसपी श्रवणकुमार विकले जानकारी दिए । पोष्टमार्टका लागि दुवैकाे शव पश्चिमाचल क्षेत्रीय अस्पतालमा राखिएकाे उनले बताए ।