कोशीमा माओवादीका मन्त्रीहरूले दिए राजीनामा

कोशीमा माओवादीका मन्त्रीहरूले दिए राजीनामा



विराटनगर । कोशी प्रदेश सरकारमा माओवादीका तर्फबाट मन्त्री रहेका दुई जना मन्त्रीले राजीनामा दिएका छन् । भौतिक पूर्वाधार विकास मन्त्री दुर्गाप्रसाद चापागाईं र पर्यटन, वन तथा वातवरण मन्त्री जीवन आचार्यले पदबाट राजीनामा दिएका हुन् ।

मंगलबार माओवादीले सरकारबाट बाहिरिने निर्णय गरेपछि उनीहरूले मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई राजीनामा बुझाएका हुन् ।

९३ सदस्यीय प्रदेशसभामा अहिले मुख्यमन्त्री कार्कीसँग एमालेका ४० र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का ६ जनाको मात्रै समर्थन कायम छ ।

विपक्षमा कांग्रेसका २९, माओवादीका १३, एकीकृत समाजवादीका ४ र जसपाका एक सांसद छन् । माओवादीले सरकार छोडेपछि मुख्यमन्त्री कार्कीले बहुमत गुमाएका छन् । एमाले र राप्रपाको सिट संख्याले मात्रै प्रदेशसभाको बहुमत नपुग्ने भएकाले उनले विश्वासको मत लिनुपर्ने अवस्था आएकाे छ ।