विराटनगर विमानस्थल पार्किङ ठेक्कामा ‘डन’ को निगाह

विराटनगर विमानस्थल पार्किङ ठेक्कामा ‘डन’ को निगाह


ग्लोब नेपाल
2.3k
Shares

काठमाडौं । विराटनगर विमानस्थलमा सवारी साधनको पार्किङका लागि लगाइने ठेक्का ‘डन’ को निगाहमा हुने गरेको छ । सूचनाको माग बमोजिम आवश्यक कागजातसहित बोलपत्र दर्ता गर्न जाँदा कार्यालयमा प्रवेश गर्न नदिने, उक्त समयमा कर्मचारी कार्यकक्षमा नभेटिनुले उक्त ठेक्का ‘डन’ बाट निर्देशित रहेको पुष्टि भएको छ ।

बोलपत्र दर्ता गर्न नदिएपछि व्यवसायी विभुष पोखरेलले नागरिक उड्डयन प्राधिकरण कार्यालय विराटनगर र निर्माण व्यवसायी महासंघ मोरङमा सिकायत दर्ता गराएका थिए । उक्त ठेक्का प्रकृया विवादमा परेपछि आज मंगलबार प्राधिकरणले रद्द गरेको सूचना सार्वजनिक गरेको छ ।

प्राधिकरणले विमानस्थलमा आउने सवारी साधन पार्किङवापत विसान शुल्क उठाउन निजी कम्पनीलाई ठेक्का लगाउने गरेको छ । विराटनगर विमानस्थलमा सोमबार ५ वर्षका लागि ठेक्का लगाउन फारम बुझ्ने अन्तिम दिन सोमबार प्रहरी र कर्मचारीले ठेक्कामा प्रतिस्पर्धा गर्न आउनेलाई अवरोध गरेका थिए ।

विमानस्थलमा ५ वर्षका लागि न्यूनतम ९७ लाख रुपैयाँ ठेक्का लगाउन बोलपत्र आह्वान गरिएको थियो । चार वटा संस्थाले मात्र जनही ३ हजारभन्दा बढी रकम तिरेर फराम लिएका थिए । यी चारमध्ये पुराना र दुई नयाँ हुन् । पुराना ठेकेदार फारम बुझाउन जाँदा नयाँलाई प्रहरीले गेटमै रोकेको थियो । पास देखाए मात्र प्रवेश गर्न दिने प्रहरीले बतायो । पास वितरण गर्ने कर्मचारी भने १२ बजेपछि मात्र आएका थिए ।