आफ्नै शिशुको हत्या गरी फरार युवक पक्राउ

आफ्नै शिशुको हत्या गरी फरार युवक पक्राउ



काठमाडौं । १४ दिने शिशुको हत्या गरेको आरोपमा बाबुलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाराको देवताल गाउँपालिका–४ घर भएका २५ वर्षीय नुर आलम अन्सारी रहेका छन् ।

उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले मंगलबार साँझ चन्द्रागिरिस्थित ढुंगेअड्डाबाट पक्राउ गरेको हो ।

जेठ १४ गते अन्सारीले आफ्नै नवजात शिशु तथा छोराको हत्या गरेकाले पक्राउ गरी पठाउने भन्दै बारा प्रहरीले पत्राचार गरेपछि अपराध अनुसन्धान कार्यालयले उनलाई पक्राउ गरेको हो ।

उनले आफ्नो १४ दिनको छोराको हत्या गरी फालेको प्रहरीले जनाएको छ ।