सुदूरपश्चिम प्रदेशको नीति तथा कार्यक्रम सार्वजनिक (पूर्णपाठसहित)

सुदूरपश्चिम प्रदेशको नीति तथा कार्यक्रम सार्वजनिक (पूर्णपाठसहित)



धनगढी । सुदूरपश्चिम प्रदेशको नीति तथा कार्यक्रम सार्वजनिक भएको छ । बुधबार प्रदेशसभामा प्रदेश प्रमुख देवराज जोशीले प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।

प्रदेश सरकारले कृर्षिलाई प्राथमिकतामा राख्दै नीति तथा कार्यक्रम ल्याएको छ । जसअनुसार प्रदेश सरकारले व्यावसायिक कृषि गर्ने कृषकलाई शून्य ब्याजदरमा ऋण उपलब्ध गराउने छ ।
प्रदेशको राजधानी निर्धारण भएको ठाउँ अत्तरियामा चिडियाखाना निर्माण गर्ने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । प्रदेश सरकारले थारु जातिको बरघर प्रथालाई संरक्षण र प्रवर्द्धन गर्ने नीति तथा कार्यक्रममा समावेश गरेको छ ।

यस्तै प्रदेश सरकारले आमनागरिकका गुनासो सुन्न हल्लो सीएम कार्यक्रमलाई निरन्तरता दिने भएको छ ।