बजेटमाथि उठेका प्रश्नहरुको जवाफ अर्थमन्त्रीले शुक्रबार दिने

बजेटमाथि उठेका प्रश्नहरुको जवाफ अर्थमन्त्रीले शुक्रबार दिने



काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले शुक्रबार राष्ट्रिय सभामा बजेटमाथि उठेका प्रश्नहरुको जवाफ दिने भएका छन् ।

राष्ट्रिय सभाको बैठक शुक्रबार बिहान ११ बजेर ३१ मिनेटमा बोलाइको छ । उक्त बैठकमा आर्थिक वर्ष २०८०-८१ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट)माथि सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिने कार्यसूची तय भएको छ ।

संसद सचिवालयका महासचिव डा. भरतराज गौत्तमले शुक्रबारको बैठकको सम्भावित कार्यसूची निकालेर बजेटमाथि उठेका प्रश्नहरुको जवाफ अर्थमन्त्री महतले दिने तय भएको जानकारी दिएका छन् ।