पहिचानको नाममा अराजकता मच्चाउनेलाई कारबाही गरिनेछ : गृहमन्त्री

पहिचानको नाममा अराजकता मच्चाउनेलाई कारबाही गरिनेछ : गृहमन्त्री



काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले पहिचानको नाममा अराजकता मच्चाउनेलाई कारबाही गरिने जनाएका छन् ।

आफ्ना नेताहरूलाई ‘पहिचान पक्षधर’ भनिनेहरूले आक्रमण गरेको तर सरकारले कुनै कारबाही नगरेको भन्दै सांसद्हरुले आपत्ति जनाए पछि गृहमन्त्री श्रेष्ठले सो जबाफ दिएका हुन् ।

प्रतिनिधिसभा बैठकमा बोल्दै श्रेष्ठले त्रियुगा नगरपालिकामा भएको घटना तथा कोशी प्रदेशमा भएका पछिल्लो घटनामा सलग्नहरुलाई कारबाही गर्ने प्रतिबद्धता जनाएका हुन् ।

गृहमन्त्री श्रेष्ठले शान्तिपूर्ण रुपमा आफ्नो विचार र दृष्टिकोण राख्ने सुविधा सबैलाई हुने बताएका छन् । तर सरकारले अराजक गतिविधिलाई कुनै हालतमा छुट नदिने उनले बताए । उनले भने, ‘संविधान र कानुनलाई हातमा लिने, अराजक गतिविधि गर्ने, सार्वजनिक सम्पत्ति वा संस्थाहरुको सुरक्षमा चुनौती उत्पन्न गर्ने वा व्यक्ति नेताहरुको सुरक्षामा थ्रेट उत्पन्न गर्ने कुनै पनि गतिविधिलाई सरकार छुट दिन सक्दैन ।’

आफ्ना गतिविधिका कारण आन्दोलनका नाममा अराजक र उद्दण्ड कामलाई प्रोत्साहन नहोस् भन्नेमा सबै सचेत हुनुपर्नेमा समेत उनले जोड दिए ।