कञ्चनपुरमा चोरी मुद्घाका फरार प्रतिवादी ३१ वर्षपछि पक्राउ

कञ्चनपुरमा चोरी मुद्घाका फरार प्रतिवादी ३१ वर्षपछि पक्राउ



कञ्चनपुर । कञ्चनपुरमा घरको भित्ता फोडेर चोरी  गरेर फरार रहेका एक जना ३१ वर्षपछि पक्राउ परेका छन् ।

जिल्लाको साविकको झलारी गाविस–५ का लालबहादुर ऐर बिहिवार पक्राउ परेका हुन् । उनलाई घरको भित्ता फोरेर चोरेको आरोपमा जिल्लाअदालत कञ्चनपुरले २०४९ मंसिर आठ गते तीन दिन कैद तोकेको थियो । ऐरलाई जिल्लाबाट खटिएको प्रहरी टोलीले बिहिवार आफ्नै घरमा लुकिछिपि रहेको अवस्थामा पक्राउ गरेको हो ।

उनलाई आजकञ्चनपुर जिल्ला अदालतमा पेश गराई तोकिएको सजाय भुक्तानको लागी कारागार चलान गरिएको प्रहरी निरीक्षक बहादुर चन्दले बताए । यसअघि हिजैमात्र कञ्चनपुरमा एक जना ३१ वर्षपछि पक्राउ परेका थिए ।