मधेस प्रदेश सरकारलाई एमालेको पनि सर्मथन

मधेस प्रदेश सरकारलाई एमालेको पनि सर्मथन



जनकपुरधाम । मधेस प्रदेश सरकारलाई नेकपा (एमाले)ले समर्थन गरेको छ । मुख्यमन्त्री सरोज कुमार यादव नेतृत्वको प्रदेश सरकारलाई एमालेले सर्मथन गरेको हो ।

मंगलबार मुख्यमन्त्री यादवले प्रदेशसभामा विश्वासको मत लिने प्रस्ताव पेस गरेका छन् । उनको प्रस्तावमा एमालेका उपनेता दीपेन्द्र ठाकुरले सर्मथन गरेका छन् ।

यही जेठ १ गते एमालेले सरकारबाट बाहिरिँदै सर्मथन फिर्ता लिएको थियो । सोही सर्मथन फिर्तापछि संवैधानिक व्यवस्थाअनुसार मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै छन् ।

एमालेको समर्थनपछि मुख्यमन्त्रीले शतप्रतिशत विश्वासको मत पाउने सम्भावना छ । अहिले मुख्यमन्त्रीले पेस गरेको विश्वासको प्रस्तावमाथि प्रदेशसभामा छलफल भइरहेको छ ।